पृष्ठ १/१

लघु कथा "भोज" : कोरिया गएका गोबिन्द लामो समय पछि देश फर्किएका थिए ..

१ बर्ष अघि
amurta ले
bhoj.jpg
bhoj.jpg (२२७.२७ किबा) २५४७८ पटक हेरिएको
भोजः
कोरिया गएका गोबिन्द लामो समय पछि देश फर्किएका थिए |
मन मिले पछि उतै भेट भएकी एक नेपाली केटिसंग बिहे पनि गरिसकेका थिए |
गाउँका साथि/आफन्तहरुसंग कुरा गर्दा बिहेको भोज ढिलै भए पनि दिदा सबै जना खुशी हुने कुरा उनले बुझे |
कोरियामा निक्कै पसिना बगाएर कमाएको पैसाको केहि अंस सबै खुशीहुने कुरामा खर्च गर्दा त्यो मेहनत सार्थक हुने उनले सोचे |
गाउँका सबैजनालाई डाकियो, त्रिपाल ठड्याइयो र भोजको तयारी गरियो |
यसो हिसाब गर्दा तीन लाख खर्च हुने भएछ |
भोजको दिन सबै आए, गोबिन्द खुशी भए |
कार्यक्रम अन्त्य तिर थियो, गोबिन्द तयार खाना लिनलाई पकाउने चुल्हो भएतिर गएका थिए |
पातलो त्रिपाल भित्र भोजन गरिसकेर बसेका पाहुनाहरुले गरेको कुराको ग्याँइ-गुँइ उनको कानमा पर्यो |
" कोरियन पैसाले मासु खुवाउछ भनेको त कोबी पो खुवायो ", " धेरै नखाउन् भनेर होला पिरो नि कत्ति धेरै हालेको ", " चिल्लो खानाले मेरो त ब्लड प्रेसर र कोलेस्ट्रोल बढ्ने भयो ... यस्तै यस्तै खास-खुस हुँदै थिए |
आफूले भर्खर सुनेका कुराहरुमा गोबिन्द घोहोरिदै थिए, खन्द्रयांग गरेको आवाजले उनलाई झस्क्यायो |
यसो हेर्दा खान बनाउने युवकले पन्यु खसालेका रहेछन् | हेर्दा १५ / १६ वर्ष जतिका |
गोबिन्दले सोधे " बाबु तिम्रो नाम के हो ? " , " प्रकाश हो हजुर " भन्ने उत्तर आयो |
"तिमि त यो बेला स्कुलमा हुनु पर्ने होइन र ?" गोबिन्दले आश्चर्य प्रकट गर्दै भने |
पन्युले कराईको तरकारी चलाउदै ति किशोरले भने " स्कुल जान्छु नि हजुर | ११ मा पढ्छु | स्कुललाई तिर्ने पैसा बनाउन त म यहाँ काम गर्दैछु " |
गोबिन्दले फेरी सोधे " कति पैसा तिर्छौ स्कुललाई " ?
"महिनाको दुई हजार जति तिर्छु हजुर " ति किशोरले जवाफ दिए |
यो सुनेर भोजमा खर्च भएको तीन लाखले कति प्रकाशहरुलाई ११ पढाउन सकिने रैछ भनेर हिसाब गर्न गोबिन्द बाध्य भए |