विश्वकै ठूलो फिल्म बजार चीनले हलिउड स्टुडियो मार्भलका फिल्ममाथि लगाएको
प्रतिबन्धलाई हटाएको छ । यस वर्षका दुई ठूला मार्भल सुपरहिरो फिल्महरु ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’ र ‘एन्ट म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’को प्रदर्शन मिति घोषणा गर्दै चीनले प्रतिबन्ध हटाएको जनाएको छ ।