अमेरिकाको बोस्टन सहरमा बस्दै आएका लेखक शिव प्रकाश आफ्नो औपन्यासिक कृति समभोक लिएर आएका छन्। मोरङमा जन्मिएका शिवप्रकाशले साहित्य, दर्शन र राजनीतिक विषयमा कलम चलाइरहेका छन्। यसअघि उनले ‘जैमली’ र ‘घागी’ कथासङ्ग्रह तथा ‘जय नेताजी’ र ‘गोलमाल’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह प्रकाशनमा ल्याइसकेका छन्। समग्रमा,‘समभोक’ उनको पाँचौं कृति हो । ‘संसारमा तीन कुरा सधैं बाँचेका छन् र संसारलाई तीन कुराले सधै बचाएका छन्। ती हुन्– भोक, भोग र सम्भोग। यी तीन कुरा मरे भने संसार पनि मर्छ,’ लेखक शिव प्रकाशले भने।