"मैले २५ हजार पारिश्रमिक लिएर बनाएको बाघको मूर्ति त्यति नराम्रो पनि त छैन। अलि मोटो भएर मात्र त्यस्तो लाग्या होला। पन्ध्र २० लाख ज्याला पाएको भए मैले बोल्ने साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ," ललितपुरका २९ वर्षीय सीताराम डिम्डुङ भन्छन्। उनले नै सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरव सामुदायिक वनमा रहेको बाघको मूर्ति बनाएका हुन् जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। हेर्नुहोस् सीताराम डिम्डुङसँग कुराकानी गरेर सृजना श्रेष्ठले बीबीसीको लागि बनाएको यो भिडिओ।