बेपत्ता पारिएका मानिसहरूको कथामा आधारित लेखक अलिसिया पार्टनोयको
‘द लिटिल स्कुलः बेपत्ता पारिनु र बाँच्नुका कथा’ नामक नाटक मञ्चन हुने भएको छ। ललितपुरमा मंगलबार वान वल्र्ड थिएटरले आयोजना गरेको पत्रकार सम्मेलनमा नाटक टेकुस्थित कौशी थिएटरमा मञ्चन हुने जानकारी दिइएको हो। निर्देशक डेब्रा मेरोलाले निर्देशन गरेको नाटक आगामी फागुन २५ देखि चैत्र ३ सम्म मञ्चन हुनेछ।