एउटा नयाँ अध्ययनका अनुसार १.४ अर्ब मानिसहरू कुनै कुरा असाध्यै चर्को सुन्ने बानी परेका कारण श्रवणशक्ति गुमाउन सक्ने खतरामा परेका छन्। रोयल न्याशनल इन्स्टिच्यूटकी अडिओलोजी सल्लाहकार फ्र्याङ्की ओलिभर भन्छिन् "सुन्ने कुराको आनन्द लिँदै आफ्ना कान सुरक्षित राख्ने उपायहरू पनि निकै छन्।"