पृष्ठ १/१

मोटाहरूप्रति गरिने विभेद अर्थात् ‘फ्याटफोबिया’सँग जुझिरहेका महिलाहरू

१ बर्ष अघि
Sadhu ले
रायान सुजा ब्रजिलको इस्पीरीतो सान्तो राज्यको राजधानी भीतोर्या टापुमा हुर्किएकी हुन्। उनका अभिभावकको सहरको उत्कृष्ट दृश्य अवलोकन गर्न सकिने इल्हा दु बोइमा घर छ। उनी गोर्दाना लेइ [''फ्याट इन द ल''] की संस्थापकमध्ये एक हुन्। उक्त समूहले यो विषयवस्तुबारे सचेतना बढाउनुका साथै कानुनी रूपमा क्षतिपूर्ति चाहने पीडितहरूलाई वकिलसँग जोडेर सहयोग गर्छ। खासगरी कार्यस्थलमा हुने विभेदबारे मुद्दा वकिलहरूले अदालतसम्म पुर्‍याएका छन् भने महिलाहरूले प्लस-साइज (अधिक तौल भएका) प्रतियोगिताहरू आयोजना गरिरहेका छन्।
Image