पृष्ठ १/१

टेक्सासमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित मनी अर्डरहरु लुटिए

१ बर्ष अघि
Sajha ले
होइन गाँठे, के भन्छ हाम्रो दुताबास ? कस्तो लापरवाही ! फेरि नयाँ मनी अर्डर पठाउनु अरे !!! :evil: :evil:

यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन शहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाउनुभएको मनी अर्डर र क्यासियर चेक हरुसहित दूतावासका कर्मचारीहरु २२ डिसेम्बर २०२२ का दिन ह्युस्टनबाट बासिङ्गटन डि. सी. तर्फ जाने क्रममा पार्किङ्गमा राखिएको सवारी साधन स्थानीय समय अपराह्न १२:०३ बजे तोडफोड भई लुटिएकोले दूतावासले तत्काल ह्युस्टन पोलिस डिपार्टमेन्ट लगायतका निकायहरुमा उजुरी गरी लुटिएको मनी अर्डर र क्यासियर चेक फिर्ता लिन प्रयास गरीरहेको छ।

Image