गोरखा — बर्खा लागेसँगै मनास्लु पदमार्गको ठाउँ/ठाउँमा गएको पहिरोले जोखिम बढाएको छ । पहिरो सँगै माथिबाट ढुङ्गा झर्न थालेपछि पैदलयात्रीहरु समस्यामा परेका छन् ।‘कतिखेर पहिरो जान्छ थाहा नै हुँदैन,’ लापुवेशीमा भेटिएका खच्चडवाला कान्छा गुरुङले भने,‘तल वुढीगण्डकी छ, माथि भिर छ, हिँड्दा हिँड्दै कहिले अगाडी, कहिले पछाडी पहिरो खसिरहन्छ, भगवान सम्झदै हिँड्ने गरेका छौँ ।’