एक सूफी गुरु आफ्ना चेलाहरुसंग एउटा बजारको बाटो हिड्दै थिए |
त्यही बेला एक किसान एउटा गाईलाई घाँटीमा बाँधेको डोरीले तानेर आफ्नो घरतर्फ लागिरहेका थिए |
त्यो देखेर सूफीले आफ्ना चेलाहरुलाई प्रस्न सोधे: " लौ भन | को कससँग बाँधिएको छ ? गाई किसानसँग बाँधिएको छ कि किसान गाईसँग बाँधिएको छ ? " |
चेलाहरुले तुरुन्तै जवाफ फर्काए कि त्यो गाई किसानसँग बाँधिएको छ |
यो सुनेर सूफीले त्यो गाईको घाँटीमा बाधेको डोरी काटी दिए |
गाई एक क्षण पनि नपर्खीकन भाग्न थाल्यो र किसान गाईको पछी दगुर्न थाल्यो |
यतिखेर सूफीले भने : " लौ हेर को कससँग बाँधिएको रहेछ "|
हाम्रा धेरै जसो दुःख र समस्याहरु हामीसँग बाँधिएका हुँदैनन् बरु हामी तिनीहरुलाई आफूसँग तानी रहेका हुन्छौं ।
जतिबेला हामी त्यो डोरी काट्छौँ र अतितको बोझलाई बिसाउछौं ति सब कुराहरु आफै हामीबाट टाढा भाग्छन|
त्यसपछि हाम्रो दिमागले पहिले हेर्न नभ्याएका वरिपरीका सुन्दरताहरु हेर्ने फुर्सद पाउँछ र आनन्दको आगमन हुन्छ ।