श्याम उपाध्याय लेख्नु हुन्छ: अहिले तत्कालको हाम्रो चासो भनेको पोखरा विमानस्थल निर्माणको लागि लिइएको ऋण र त्यो तिर्न सक्ने हाम्रो क्षमता छ कि छैन भन्ने हो । सो ऋणको कुल रकम २२ अर्ब रुपैयाँ बापत नेपालले ब्याज मात्रै वार्षिक ३३ करोड रुपैयाँ चीनको एक्जिम बैंकलाई बुझाउनुपर्नेछ। पोखरा विमानस्थलबाट हुनसक्ने आन्तरिक र अन्तर्राष्ट्रिय उडानको संभाव्यता हेर्दा विमानस्थल संचालनबाट प्राप्त हुनसक्ने प्रतिफल उक्त ऋणको ब्याज तिर्न पर्याप्त हुने देखिंदैन र यो ऋण तिर्न अर्को ऋण लिनुपर्ने अवस्था उत्पन्न हुनसक्छ। फलस्वरूप नेपाल पनि छिमेकी मुलुक बंगलादेश र श्रीलंका या टाढाका मुलुकहरू अंगोला, जाम्बिया र केन्या जस्तै चिनियाँ ऋणको पासोमा पर्ने हो कि भनेर नेपाली समाज चिन्तित भएको देखिन्छ।