नेपालमा उच्च शिक्षण संस्थाहरू कतिसम्म अस्तव्यस्त छन् भन्ने पछिल्लो उदाहरण खुला विश्वविद्यालय बनेको छ । प्रवेश परीक्षा उत्तीर्ण गरेर एलएलबी गरिरहेका, उपलब्ध भर्ना सूची अनुसार ४२८ विद्यार्थीलाई हालै बार काउन्सिलले अधिवक्ताको परीक्षामा नराख्ने जनाएको छ । र, यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । यस्तो अवस्था आउनुमा विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिको विकास तथा पाठ्यक्रम परिमार्जन गर्न नसक्नुलाई औंल्याइएको छ ।