कमल ढकाल लेख्नुहुन्छ : म विज्ञानको विद्यार्थी र पूर्वीय दर्शनमा रुचि राख्ने मान्छे। गत हप्ता इजरायलका इतिहासका प्राध्यापक युवल नोह हरारीकृत दुई पुस्तक ‘सेपियन्स’ र ‘२१औं शताब्दीमा जान्नैपर्ने २१ पाठ’ पढ्ने मौका मिल्यो। मलाई उनको पुस्तकको सारांश उल्था गर्न मन लाग्यो। विश्वबजारमा भाषा वा आर्थिक कारणले पहुँच नभएका तर यस्ता किताब पढ्न उत्सुक नेपाली पाठकलाई पनि सहयोग पुग्ने देखेर
आफूले बुझेअनुसार सारांश खिच्ने प्रयास गरेको छु।