सशस्त्र द्वन्द्वको समयमा काभ्रेपलाञ्चोककी १५ वर्षीया
मैना सुनारको हत्या भएको १५ वर्ष पुगेको छ। हत्यामा संलग्नलाई कारबाही माग गर्दै मैनाकी आमा देवी न्यायको खोजीमा हिँडेको दशक बढी भइसकेको छ। अहिलेसम्म न्याय नपाए पनि उनले आस मारेकी छैनन्। ‘हामीले न्याय पाउँदा देशमा विधिको शासन कायम हुन्छ, पीडकले सजाय, पीडितले न्याय पाउँछन्’, देवीले भनिन्, ‘जे नहुनु थियो भइसक्यो।