सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
banker_suman.jpg
banker_suman.jpg (१६३.४८ किबा) २३२२ पटक हेरिएको
बैंक तथा वित्तीय संस्थाको मुख्य कमाई हुने सम्पत्ति (Earning Assets) भनेको ऋण (Loan and Advances) हो जबकि लगानी (Investment) बाट आउने कमाई रकममा त्यसपछि मात्र आउँने गर्छ । त्यसैले कर्जा जोखिम (Credit Risk) बैंकिङ्गमा कुनै पनि अन्य जोखिम भन्दा सँधै बढी हुने गर्दछ । बैंक तथा वित्तीय संस्थाहरूले पहिले कर्जा किन्छन त्यसपछि तरलता आवश्यकताको प्रबन्ध गरेपछि पुनः त्यसलाई बेच्छन ।

निष्कृय कर्जामा बढोत्तरी बैंकको वित्तीय संकटको आधारभूत सूचक हो र यसले बेसल मापदण्ड अनुसार पूँजी पर्याप्तता अनुपात (CAR) कायम राख्नका लागि जोखिम भारित सम्पत्ति बढाई अधिक पूँजी आवश्यकता आकर्षित गर्छ र बैंकको थप व्यापार गर्ने क्षमता समेत घटाउँछ ।

बैंकिङ्ग एक नैतिक व्यवसाय हो जुन वित्तीय रुपमा पारदर्र्शी हुनुपर्दछ र वित्तिय विवरण हरुको आवधिक रूपमा तथा यथास्थितिमा सार्वजनिक खुलासा (Disclosure) हुनुपर्दछ । तर विडम्बना यो छ कि, धेरै जसो बैंकहरूले नाफाको आंकडा बढाउन वित्तीय प्रतिवेदनलाई नियोजित रुपमा हेरफेर गर्ने गर्दछन । जुन क्रममा खराब कर्जालाई समेत सदाबहार देखाउने कुकृत्य समेत हाकाहाकी हुने गर्दछ । कर्जालाई सदाबहार देखाउनु भनेको बिना कुनै वास्तविक भुक्तानी विभिन्नरुपमा थप कर्जा दिएर वा कर्जा सीमा बढाएर अप्राकृतिक रुपमा भुक्तानी भएको देखाई बैंकको नाफा बढाउने काम हो, यसलाई Zombie Financing पनि भनिन्छ । यसले गर्दा खराब कर्जा असल कर्जाको रुपमा गणना हुने, ऋण थपिंदै जाने र भविष्यको कुनै समयमा एकै पल्ट समस्याग्रस्त रुपमा पहिचान भएर बैंकको वित्तिय स्वास्थमा ठूलो असर पुर्याउने सम्भावना हुन्छ ।

यस क्रममा Loan Loss Provision घटाएर नाफा बढाउन कर्जा दुरुपयोग, काल्पनिक व्यक्ति वा संस्थालाई दिइएको कर्जा, ऋण नतिरी व्यापार बन्द गरिएको अवस्था आदिलाइ नियोजित रुपमा लकाउने काम समेत हने गर्दछ । खराब कर्जा बृद्धि हुनु भनेको बैंकको वित्तीय स्वास्थ्यमा नकारात्मक असर पर्नु हो र यसलाइ छोप्नु भनेको बिना तत्कालको उपचार रोग बढाउदै लानु हो । तर सायद नेपाली बैंक व्यवस्थापनको नजरमा यो मात्र बैंक व्यवस्थापनको असफलता हो त्यसैलेत निस्कृय कर्जा बढ्छ भनेर पारदर्शी रुपले देखाउनु पर्नेमा यस्ता तथ्यहरु छोपेर विभिन्न बाहानामा कर्जा थपि असुली देखाई कर्जालाई सदाबहार देखाई वित्तिय प्रतिवेदनमा छेडछाड गर्न नेपाली बैंक व्यवस्थापनहरु उद्घत हुने गर्दछन् । यस्तो कार्यले छोटो अवधिमा नाफा त बढाउला तर अन्ततः बैंकलाई दीर्घकालमा ठूलो असर गरी वित्तिय स्वास्थ नराम्ररी बिगार्न सक्छ ।

नेपाली बैंकहरूको प्रत्येक त्रैमासमा बढ्दै गएको निस्कृय कर्जाको दरले समेत यसरी गलत तरिकाले कर्जा सदाबहार देखाई वित्तीय प्रतिवेदन हेरफेर गरिने गरिएको तथ्यलाई थप पुष्टि गर्छ । अधिकांश बैंकहरूमा विभिन्न व्यवसायिक समूहहरू हावी हुँदा उनीहरुले बैंक व्यवस्थापनलाई केवल नाफाको लागि गर्ने अनुचित दबाबलाई समेत भने नकार्न सकिंदैन । तर दवाव छ भन्दैमा केवल नाफाको लागि नैतिकता बिर्सिएर गलत अभ्यासहरू पछ्याउने व्यवस्थापन सदस्यहरु कुनैपनि हालतमा नियामक निकायको कार्यवाहीबाट भने जोगिनु हुँदैन । नियामकले समेत बैंक र वित्तीय संस्थाहरुको वित्तीय विवरणमा पारदर्शिता सुनिश्चित गर्न कडा सुपरिवेक्षण र नियमन गर्दै यस्ता कैफियतहरु पुष्टि भएमा कडा कारवाही गर्न समेत पछि पर्नु हुँदैन ।
सुमन सुवेदी : १७ वर्षको बैंकिङ अनुभव सहितका वित्त विशेषज्ञ तथा नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता अभियानका प्रशिक्षक
-१२२
जबाफ
२३२२ हेरिएको
६ महिना अघि
जवाफ छनोट:
cron