पृष्ठ १/१

आगामी बर्खा’मै नेपालले भारत हुँदै बाङ्ग्लादेशमा बिजुली पठाउने

१ बर्ष अघि
Rato ले
Image
नेपाल र भारतका अधिकारीहरू “आगामी बर्खाबाटै” भारतको बाटो हुँदै नेपालमा उत्पादित कम्तीमा ५० मेगावाट विद्युत् बाङ्ग्लादेश पठाउन सहमत बनेको नेपालका ऊर्जा सचिवले बताएका छन्। गत शुक्रवार र शनिवार भारतको राजस्थानस्थित माउन्ट आबुमा सम्पन्न भएका ऊर्जा बैठकहरूमा उक्त सहमति बनेको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले बीबीसीलाई जानकारी दिए।