नेपालमा निर्माण भइरहेको हालसम्मकै ठूलो अरुण तेस्रो जलविद्युत आयोजनाले ‘सन् २०२३ भित्रै उत्पादन सुरु गर्ने’ सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। ९०० मेगावाट जडित क्षमता भएको उक्त आयोजनाले थप स्रोत परिचालन गरेर डिसेम्बरसम्ममा उत्पादन सुरु गर्ने गरी काम अघि बढाएको लगानी बोर्डले जनाएको छ। निर्माणको काम थाल्दा आयोजना २०२५बाट सञ्चालनमा आउने तय गरिएको थियो।