नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतले चाँडै नेपालको बिजुली बंगलादेशसम्म पुर्याउन आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ । नेपालको बिजुली किन्न आनाकानी गर्दै आएको भारतले पूर्वाधारको अभावका बीच पनि बंगलादेशलाई एकाएक नेपालको बिजुलीको लागि सम्भव भएसम्मको सबै बाटो किन खोल्न लागेको होला ? नेपालको जलविद्युतमा चिनियाँहरू हावी हुनुभन्दा आफ्नो नियन्त्रणमा रहने गरी बंगलादेशीहरू हावी होस् भन्ने चाहना भारतको हुनेछ ।