नेपालभरिका ठूला उद्योगहरूमा दिनको नौ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुन थालेको छ। जाडो याममा देशैभरि चिसो बढेकाले विद्युतीय उपकरणको प्रयोग र बिजुलीको खपत बढेको छ। आन्तरिक उत्पादनमा ठूलो ह्रास आउँदा माग र आपूर्तिबीच सन्तुलन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई अप्ठ्यारो परेको अधिकारीहरू बताउँछन्। प्राधिकरणले "नितान्तप्राविधिक" कारणले त्यसो भएको दाबी गरेको छ। तर प्राधिकरणले आफ्नो 'वित्तीय स्वास्थ्य' प्रभावित नहोस् भनेर उद्योगहरूमा आपूर्ति कटौती गरेको आशङ्का धेरैले गरेका छन्।