जनकपुर र विराटनगरबाट पनि आज (पुस २४) देखि श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले यहीँ पुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आइतबारदेखि
दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको हो। यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो।