आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया थाल्ने संकल्प गरे । प्रधानमन्त्रीले चौथो अन्तर्राष्ट्रिय विमानस्थल बनाइछाड्ने बताइरहँदा गत २ जेठ २०७९मा भैरहवामा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवा विहीन हुँदै घाटामा सञ्चालित छ । के नेपाललाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ त ? भित्र आई भोट गर्नुहोस्।
भैरहवा विमानस्थलका लागि एसियाली विकास बैंकले ६ अर्बभन्दा बढी ऋण १ प्रतिशत भन्दा कम ब्याजदरमा प्रदान गरेको थियो भने पोखरा विमानस्थलका लागि चीनको आयात–निर्यात (एक्जिम) बैंकबाट २८ अर्ब ५३ करोड रुपैयाँ २ प्रतिशत ब्याजदरमा नेपालले ऋण लिएको हो ।