सरकारी स्वामित्वमा रहेको भरतपुर अस्पतालको जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ । जग्गा अतिक्रमण गर्नेमात्रै होइन, यहाँको एक निजी मेडिकल कलेजले त सरकारी स्वामित्वमा रहेको अस्पतालको जग्गा बैंकमा धितो राखेर १ अर्ब ३५ करोड ६ लाख २३ हजार ऋण निकालेको छ । भरतपुर कलेज अफ मेडिकल (पुरानो मेडिकल कलेज) ले सरकारी अस्पतालको जग्गा मालपोत कार्यालयमा रोक्का राखेर नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण निकालेको हो ।