अबुधाबीबाट मुम्बईका लागि उडेको एउटा भारतीय विमानमा एक विदेशी यात्रुलाई विमानका कर्मचारीहरूले सीटमा बाँधेर राखेको विवरण सार्वजनिक भएको छ। इटलीकी ती महिलाले चालकदलका "एक सदस्यलाई मुक्का हानेको र अर्का कर्मचारीलाई थुकेको" हुनाले त्यसो गरिएको बताइएको छ।आरोपित महिला एअर विस्ताराको विमानमा चढेर भारत आएकी थिइन्। उनलाई सोमवार मुम्बईमा पक्राउ गरिएको थियो। पछि उनी धरौटीमा छुटिन्। उनका वकिलले ती महिलाले कसैलाई पनि मुक्का नहानेको र नथुकेको दाबी गरेका छन्। ती यात्रुमाथि झुट्टा आरोप लगाइएको उनको दाबी छ।