गत नोभेम्बर महिनामा एअर इन्डियाको एउटा उडानमा एक जना पाकी महिलामाथि पिसाब फेरिदिएका व्यक्तिलाई बेङ्ग्लोरबाट पक्राउ गरिएको छ। भारतीय समाचार एजेन्सी एअनलाईले दिल्ली पुलिसलाई उद्धृत गर्दै यो जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ। यसअघि भारतीय समाचार एजेन्सी पीटीआईले अभियुक्तलाई पक्राउ गर्ने समयमा दिल्ली प्रहरी र बेङ्ग्लोरको प्रहरीसँगै रहेको जनाएको थियो। अभियुक्तले आफू आफ्नी बहिनीकोमा बस्दै आएको बताएका छन्। यसअघि ती व्यक्तिका पिताले आफ्ना छोरा निर्दोष रहेको बताएका थिए।