नेपालका अध्यागमन अधिकारीहरूले गत वर्ष (सन् २०२२) नेपालबाट साढे पाँच सयभन्दा बढी विदेशी नागरिकहरूलाई “तोकिएको अवधि”सम्म नेपाल फर्कन नपाउनेगरी
निष्कासन गरिएको जानकारी दिएका छन्। उनीहरूका भनाइमा त्यसरी निष्कासन गरिएकामध्ये अधिकांश “भिसा नलिइकन” वा भिसा अवधि सकिएपछि “नवीकरण नगरिकन” नेपालमा बसिरहेका विदेशी नागरिक छन्। पाण्डेका अनुसार गएको एक वर्षमा नेपालबाट निष्कासनमा पर्ने कुल विदेशीमध्ये सबैभन्दा धेरै चिनियाँहरू रहेका छन्।