माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको विमानको 'ब्ल्याक बक्स' परीक्षणका लागि सिङ्गापुर पठाइने भएको छ। विमान दुर्घटनाबारे अध्ययन गर्न गठन गरिएको दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार आगामी साताभित्रमा ब्ल्याक बक्समा हुने ककपिट भोइस रेकर्डर (सीभीआर) र फ्लाइट डेटा रेकर्डर (एफभीआर) अध्ययनका लागि पठाउनेगरी तयारी अघि बढाइएको छ।