अमेरिकाका पूर्व अन्तरिक्ष यात्री बज
एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा चौथो विवाह गरेका छन् । एल्ड्रिन सन् १९६९ मा अपोलो ११ अन्तरिक्ष उडानका पाइलटमध्ये एक थिए र मिशनका कमान्डर नील आर्मस्ट्राङपछि चन्द्रमामा पाइला टेक्ने पहिलो दुई व्यक्तिमध्ये एक बनेका थिए । चन्द्रमामा हिंड्ने चार व्यक्तिमध्ये जीवित एक उनी मात्र हुन्।