‘नारीको शोभा’ मानिने आकर्षक केशराशी खौरिएर आमाको दाहसंस्कार गर्ने र किरियापुत्री बस्ने निर्णय लिएको क्षण सांसद उषाकला राईका लागि जीवनको सबैभन्दा चुनौतिपूर्ण थियो ।
बाबुआमाकी एकमात्र सन्तान हुनुको नाताले उनले कपाल खौरने निर्णय लिएकी थिइन् । आमाको किरिया गर्दा छोराले जसरी नै कपाल काटेर, सेतो लुगा लगाउने उषाकलाको निर्णयबारे पति शेरबहादुर तामाङले उसबेलै भनेका थिए- यो त सांस्कृतिक क्रान्ति हो ।