- blood_sugar_measurement.jpg (१८३.२६ किबा) ३५९८० पटक हेरिएको
प्राविधिक कम्पनी एप्पलले शरीरमा सुई नघोपी रगतमा भएको चिनिको मात्रा पत्ता लगाउन सक्ने प्रविधि आफ्नो हाते घडी "एप्पल-वाच"मा
राख्न सफल हुन लागेको छ। यो प्रविधिले लेजर किरणको मद्दतले छाला मुनिको रगतमा भएको चिनीको एकाग्रता मापन गर्न सक्छ। यो प्रविधिको प्रयोग गरेर मधुमेह भएका बिरामीहरुले आफ्नो रगतमा भएको चिनीको मात्रा हरेक पल निरन्तर रुपमा थाहा पाउन सक्ने छन् जस्ले उनीहरुलाई मधुमेह नियन्त्रणमा राख्न मद्दत गर्नेछ। यो प्रविधिले मधुमेहको जोखिम भएका मानिसहरूलाई सचेत गरेर जीवन शैली परिवर्तन गर्न पनि उत्प्रेरित गर्नेछ।