माइक्रोसफ्टको "च्याट-जीपीटी"संग प्रतिष्पर्धागर्न गुगलले युद्धस्थरमा आफ्नै कृत्रिम बुद्धिमत्ता भएको च्याट-बोट बनाउन लागिपरेको थियो र त्यसको फलस्वरुप बनेको शक्तिशाली च्याट-बोट "बार्ड"लाई बिज्ञापनको मार्फत सार्बजनिक गरेको थियो। तर सो बिज्ञापनमा "बार्ड"ले सोधिएको प्रश्नको गलत जवाफ दिएको भेटिएपछि गुगललाई १ खर्ब अमेरिकी डलर नोक्सान भएको छ। "जेम्स वेब स्पेस टेलिस्कोप" ले प्रथम पटक हाम्रो सौर्य प्रणाली भन्दा बाहिरको ग्रहको तस्विर लिएको भनेर "बार्ड"ले गलत जवाफ दिएको थियो।