कृत्रिम बुद्धिमत्ता ( आर्टिफिसियल इन्टेलीजेन्स ) भएको शक्तिशाली यन्त्र च्याट-जीपीटीको चारै तिर प्रसंसा भईरहेको र माइक्रोसफ्टले यसलाई आफ्ना उत्पादनहरुमा प्रयोग गर्न लागेको अवस्थामा गुगलले प्रतिस्पर्धा गर्न युद्धस्थरमा आफ्नै कृत्रिम बुद्धिमत्ता भएको यन्त्र बनाउन लागिपरेको थियो। त्यसको फलस्वरुप गुगलले अर्को हप्ता आफूले बनाएको शक्तिशाली कृत्रिम बुद्धिमत्ता बएको यन्त्र सार्बजनिक गर्ने भएको छ।