पृष्ठ १/१

अमेरिकाका नदी तथा तालहरूमा भएका माछामा अत्याधिक मात्रामा विषाक्त पदार्थ

१ बर्ष अघि
Parewa ले
अमेरिकाका नदी तथा तालहरूमा भएका माछामा अत्याधिक मात्रामा विषाक्त पदार्थ भएको भर्खरैको अनुसन्धानबाट थाहा भएको छ । नदी तथा तालबाट पक्रिएको एउटा मात्र माछा खाँदा पनि एक महिनासम्म प्रदूषित पानी खाए बराबरको विषाक्त पदार्थ खाइने उक्त अनुसन्धानले देखाएको छ। पी-एफ-ए-एस (PFAS) भनेर चिनिने उक्त विषाक्त रसायन सन् १९४० को दशकमा विकसित गरिएको थियो। नटाँसिने भाडाकुडा, लुगा तथा प्याकेजिङमा प्रयोग गरिने सो रसायन एकचोटी वातावरणमा पुगेपछि आफै नष्ट भएर कहिल्यै पनि हराएर जाँदैन।
Image