सन् २०२३ मा एल-निनोले गर्दा विश्वभर अपूर्व रूपमा गर्मीको लहर आउने वैज्ञानिकहरुले चेतावनी दिएका छन्। एल-निनो र ला-निना प्रशान्त महासागरमा हुने वायु प्रबाहका दुई बिपरित तरिका हुन्। बितेका तीन वर्ष ला-निना वायु प्रबाह चलिरहेको थियो। अभिलेख राख्न थालेदेखिको सबैभन्दा गर्मी वर्ष सन् २०१६ पनि एल-निनोले नै गर्दा भएको थियो।