ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो जसमा फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्ड दुवै हुने भएकाले यो उपकरण विमान दुर्घटनाकाको अनुसन्धानमा निकै महत्त्वपूर्ण हुन्छ। ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ। विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ।