इन्जिनियरिङ् अध्ययन संस्थान (इ. अ. सं.) पुल्चोक क्याम्पसका उप-प्राध्यापक डा. बाबुराम दवाडी मुख्य सुपरभाइजर रही अनुसन्धान गरिने यस सहकार्यत्मक योजनामा युन्भर्सिटी अफ हेल्सिन्की, फिनल्याण्डका अनुसन्धान बैज्ञानिक डा. कृष्ण राज भण्डारी, इ. अ. सं. पुल्चोक क्याम्पसका उप-प्राध्यापक लोकनाथ रेग्मी, इ. अ. सं. थापाथली क्याम्पसका उप-प्राध्यापक बिनोद साप्कोटा, र इ. अ. सं. पश्चिमाञ्चल क्याम्पसका उप-प्राध्यापक रुपेश कुमार शाहको सह-सुपरभिजनमा पिएचडी र पोस्टडक्टरल अध्ययनका विध्यार्थीहरु अनुसनधानमा संलग्न हुनेछन।
नियामक निकायको तर्फबाट पनि दुरसञ्चार प्राधिकरणले नेपालमा ५जी लागु गर्ने सम्वन्धमा बिशेष चासो राखेको हुनाले प्राधिकरणले परामर्शदाता मार्फत ५जी सम्भाव्यता अध्यन गरिसकेको छ। साथै ५जी मोबाइल कम्युनिकेसनका लागि सेवा प्रादायकलाई उपलब्ध गरिने फ्रिक्वेन्सीले सर्टरेन्ज डिभाइससंग गर्न सक्ने इन्टरफेरेन्स सम्वन्धी अध्ययन अनुसन्धान गर्न प्राधिकरणले इ. अ. सं. संग जीटुजी मार्फत सम्झौता गरि अनुसन्धान कार्य सम्पन्न गरिसकेकोछ।
