पृष्ठ १/१

डेमोक्रेसी समिटमा प्रचण्डलाई अमेरिकी राष्ट्रपतिको निम्तो

१ बर्ष अघि
Rato ले
युएसएआईडीकी प्रमुख सामन्था पावरले अमेरिकी दुतावासमार्फत प्रधानमन्त्री प्रचण्डलाई अर्को महिना हुने डेमोक्रेसी समिटका लागि निम्तो गरिएको जानकारी दिइन् । अमेरिकाका लागि दुईपल्ट राजदूत रहिसकेका पूर्वमन्त्री भेषबहादुर थापाले यसपल्ट प्रचण्डलाई आएको अमेरिकी निम्तो स्वभाविक रहेको टिप्पणी गरे । विगतमा हिंसात्मक युद्धबाट नेतृत्वमा उदाए पनि प्रधानमन्त्री बन्न प्रचण्डले प्रजातान्त्रिक बाटो अवलम्बन गरेको, अनि संविधानमा लोकतान्त्रिक मान्यताहरु प्रवेश गराउन भूमिका खेलेका कारण अमेरिका उनीसँग आश्वस्त देखिँदै गएको हुन सक्ने उनको भनाइ छ ।

Image