एनपी रिजाल लेख्नु हुन्छ : प्रजातान्त्रिक मुलुकमा आम जनताले सत्ताको नेतृत्व गर्न योग्य कुनै पनि राजनीतिक पार्टीबाट गर्ने मुख्य अपेक्षा आर्थिक विकास, सामाजिक रूपान्तरण, शान्ति र सुशासन नै हो । विद्यमान राजनीतिक दलबाट जनअपेक्षा पूरा नभए वैकल्पिक पार्टीको खोजी गरिन्छ । हालसालै नेपालमा अनौठो राजनीतिक घटनाक्रम देखियो । स्थापना भएको चार महिनापछि चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो ठूलो राष्ट्रिय पार्टी बन्यो ।