संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन केभिन मेकार्थी निर्वाचित भएका छन्। त्यसले वासिङ्टनमा कैयौँ दिनदेखि कायम गतिरोध र विभाजनलाई अन्त्य गरेको छ। पन्ध्रौँ चरणको मतदान पछि उनी अन्ततः सफल भएका थिए। यो अमेरिकाको इतिहासमा १५० वर्ष भन्दा बढी समय यताको लामो गतिरोध हो। रिपब्लिकन दलको एउटा सानो समूहले यसअघिको निरन्तर प्रयासलाई अवरुद्ध बनाइदिएका थिए।