चीनसँगको सीमा बन्द भएका कारण ताप्लेजुङको टिप्ताला नाकावासीहरुको जनजीवन कष्टकर बनेको भन्दै उक्त नाका खोल्नका लागि कूटनीतिक पहल गर्न एमाले सांसद योगेश भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन् । नाका बन्द भएका कारण ताप्लेजुङको फक्तालुङ गाउँपालिका र आसपासका बासिन्दाहरुका लागि दैनिक खाद्यान्न, लताकपडा, औषधी उपचारका सधैं अत्यावश्यक सेवामा समस्या परिरहेको उनले उल्लेख गरेका छन् ।