नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले हतियार लुकाएको आशङ्कामा छापा मार्न गएको सुरक्षाकर्मीहरूको एउटा टोलीलाई
स्कुले विद्यार्थीहरूको प्रयोग गरी कपिलवस्तुको एक गाउँबाट फर्काइदिएको नेपाल प्रहरीले बताएको छ। बिहीवार बिहान छापा मार्न प्रहरी पुगेको उक्त स्थान नेकपाका नेता नेत्रविक्रम चन्द 'विप्लव'को घर भएको क्षेत्र हो। विद्यार्थीहरूले अवरोध गर्नुअघि प्रहरीले त्यहाँस्थित एउटा घरमा खानतलासी गरेको थियो।