नागरिकताको फोटोकपी भएपछि जोकसैलाई टेलिकम कम्पनीहरूले सहजै सिमकार्ड वितरण गर्ने गर्छन् । उक्त फोटोकपी र सिमकार्ड प्रयोगबाट डिजिटल वालेट, मोबाइल बैंकिङ, सामाजिक सञ्जाल, इमेल लगायत प्लाटफर्ममा खाता खोल्न र तिनको पासवर्ड परिवर्तन गर्न मिल्छ । मोबाइल नम्बरमै प्राप्त हुने ‘ओटीपी’ मार्फत बैंकिङ कारोबार पनि गर्न सकिन्छ । अर्थात्, अरू कसैको विवरण दुरुपयोग गरी फरक व्यक्तिले सिमकार्डको प्रयोगमार्फत
सजिलै खाताबाट पैसा निकाल्न सक्छ ।