
करिब २५ वर्षअघि नेपथ्यको यो नै सबैभन्दा पहिलो गीत थियो जसले ब्याण्डलाई
नेपथ्यबाट बाहिर निकाल्यो । ऊबेलाका गायक थिए रविन श्रेष्ठ । जो लामो समय हङकङ बसाईपछि हाल बेलायततिर रमाएका छन् । सन् १९९१ ताका संगीतप्रेमी ६ जना युवाहरु अमृत गुरुङ, रबिन श्रेष्ठ, दिपक जंग राणा, सुरेश पुन, भिम पुन र बुद्धि गुरुङ मिलेर नेपथ्य स्थापना गरेका थिए । जसले आफ्नो सांगीतिक यात्राको रजत महोत्सव मनाइरहेको छ ।