सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
२० लाख पर्यटक भित्र्याएर केक काट्ने सपना अधुरै !Nepali Babu
Image पद सम्हालेकै दिनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पहिलो निर्णय थियो, ‘सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाएर १५ लाख पर्यटक भित्र्याउने ।’ पछि उनले १५ लाखको लक्ष्यमा चित्त बुझाएनन्, यसलाई संशोधन गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य र रणनीति सार्वजनिक गरे ।
जबाफ
२१७५ हेरिएको
६ बर्ष अघि
अमेरिकी मध्यस्थतामा भारत–पाकिस्तान तनाव चाँडै हल हुँदैछ : ट्रम्पRoshan
Image अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच जारी तनाव चाँडै हल हुने आशा व्यक्त गरेका छन् । उनले दुई देशबीच अमेरिकाले मध्यस्थता गरिरहेको दावी पनि गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनसित वार्ताका लागि भियतनामको हनोईमा पुगेका ट्रम्पले साइडलाइन कुराकानीमा भारत–पाकिस्तानबारे प्रतिक्रिया दिएका हुन् ।
जबाफ
१८५७ हेरिएको
६ बर्ष अघि
पाकिस्तानले पाइलट कब्जामा लिएपछि भारत ‘ब्याकफुटमा’Roshan
Image अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै भारत र पाकिस्तानबाट ‘आकर्षक खबर’ आफूले पाएको बताए । उनले दुई देशबीचको तनाव चाँडै समाधान हुन गइरहेको भविष्यवाणी पनि गरेका छन् । के ट्रम्पले भनेजस्तै दुई देश समाधानउन्मुख भएका हुन् त ?
जबाफ
१९९१ हेरिएको
६ बर्ष अघि
रविन्द्रको सफलताका पछाडि विद्याको त्याग !Roshan
Image भनिन्छ, कुनै चर्चित व्यक्तिको सफलताका पछाडि अदृश्य सहयोगीको बलियो हात र साथ लुकेको हुन्छ । रविन्द्र अधिकारीको सफलतासँग जोडिएकी सहयोगी हुन्- सिन्धुपाल्चोककी विद्या भट्टराई । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धेरै नेताका दम्पती नै राजनीतिमा सक्रिय छन् । कतिपय जोडी सांसद छन् । विद्यार्थी संगठन र पार्टी राजनीतिमा सँगै काम गर्दा बिहे भएका धेरै नेकपा नेतामध्येका थिए अधिकारी ।
जबाफ
१८३१ हेरिएको
६ बर्ष अघि
‘भारत–पाकिस्तान तनावबारे नेपालले मुख खोल्ने बेला भयो’Neelam
Image केही दिनदेखि विकसित भारत र पाकिस्तानबीचको तनावपूर्ण घट्नाक्रमका विषयमा नेपालले बोल्नुपर्ने पूर्वपरराष्ट्र मन्त्रीहरूले बताएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष मात्रै होइन, छिमेकी देशसँग जोडिएको देशको द्वन्द्वको विषयमा नेपालमा मौन बस्न नहुने उनीहरूको सुझाव छ ।
जबाफ
१८७८ हेरिएको
६ बर्ष अघि
'पाकिस्तानी सेना नरेन्द्र मोदीले भारतीय निर्वाचन जितून् भन्ने चाहन्छ’Anusha
Image भारतले पाकिस्तानभित्र पसेर हवाई आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ। पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वले भारतको आक्रमणको उत्तर उचित समय र ठाउँमा दिने चेतावनी दिएको छ।तर के पाकिस्तानको सेनाले भारतविरुद्ध कुनै कारबाही गर्न सक्छ? प्रस्तुत छ, दक्षिण एशियाको सुरक्षा मामिला विशेषज्ञ प्राध्यापक क्रिस्टिन फेयरको धारणा।
जबाफ
१९२४ हेरिएको
६ बर्ष अघि
पाकिस्तानले भन्यो 'आत्मरक्षाका लागि भारतीय लडाकु विमान खसाल्यौँ'Anusha
Image आफ्नो वायुसीमामा प्रवेश गरेका दुईवटा भारतीय लडाकु विमानलाई बुधवार बिहानै खसालेको दाबी गरेको पाकिस्तानले त्यसलाई 'आत्मरक्षाका लागि चालिएको' कदम भनेको छ। केहीबेरअघि पत्रकार सम्मेलन गर्दै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पाकिस्तानले आफ्नो 'क्षमता र सामर्थ्य देखाउन' उक्त कदम चालिएको बताए।
जबाफ
२१४५ हेरिएको
६ बर्ष अघि
मन्त्री अधिकारी चढेको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको पुष्टिAnusha
Image संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले पुष्टि गरेका छन्। बीबीसीसँग कुरा गर्दै उनले भने, "उद्धारका लागि गएको हेलिकप्टर घटनास्थल पुगिसकेको छ र त्यहाँबाट आएको विवरण अनुसार सबैको ज्यान गएको छ।"
जबाफ
२०४६ हेरिएको
६ बर्ष अघि
पाकिस्तानमा जलाइयो भारतको झण्डा, उच्च सैनिक मञ्चको पनि बैठक बोलाइयोAnusha
Image भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भूमिमा आक्रमण गरेपछि आक्रोशित पाकिस्तानी जनताले भारतको झण्डा जलाएका छन् । भारतले बालाकोट क्षेत्रमा आक्रमण गरेपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ । भारत र पाकिस्तानका नेताहरु तथा सेना प्रमुखहरुको तीखा प्रतिक्रियाहरु आइरहेका छन् । साथै बिभिन्न रणनीतिक बैठक र प्रेस बि्रफिङको क्रम पनि जारी छ ।
जबाफ
१९५३ हेरिएको
६ बर्ष अघि
भारतीय लडाकु विमान काश्मिरमा दुर्घटनाग्रस्तAnusha
Image भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खस्यो ।
जबाफ
२२५१ हेरिएको
६ बर्ष अघि
प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाएAnusha
Image प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।
जबाफ
१९६५ हेरिएको
६ बर्ष अघि
पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाAnusha
Image पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो । मन्दीर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा गरेको हो ।
जबाफ
१७२५ हेरिएको
६ बर्ष अघि
पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटना : ५ जनाको शव भेटियोAnusha
Image ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो । दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए । शवको पहिचान हुन बाँकी छ ।
जबाफ
२००२ हेरिएको
६ बर्ष अघि
डोनल्ड ट्रम्प: परमाणुअस्त्र त्यागे उत्तर कोरिया 'ठूलो शक्ति बन्न सक्छ'Makalu
Image उत्तर कोरियाले आफ्ना परमाणुअस्त्र परित्याग गरे ऊ एउटा "ठूलो आर्थिक शक्ति" बन्न सक्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। आफ्नो ट्वीटमा ट्रम्पले उत्तर कोरियासँग अरूसँग भन्दा बढी तीव्र गतिमा विकास गर्ने सामर्थ्य भएको उल्लेख गरेका छन्। आफ्ना विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरिया अझै पनि पारमाणविक खतरा रहेको बताएको केही घण्टामै ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन्।
जबाफ
२१३५ हेरिएको
६ बर्ष अघि
पाकिस्तानी सेना: 'भारतीय विमान पाकिस्तानी सीमामा पसे, कारबाहीपछि भागे'Roshan
Image भारतीय वायुसेनाले भारत-पाकिस्तान लाइन अफ कन्ट्रोल अर्थात् नियन्त्रणरेखा उल्लङ्घन गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन् - मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको छ।
जबाफ
२००१ हेरिएको
६ बर्ष अघि
Image
चिनियाँ जासुसी बेलुनलाई अमेरिकी सेनाले एट्लान्टिक महासागरमा खसाल्योRato
अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक महासागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई लडाकु विमानबाट मिसाइल हानेर खसालेको छ। जासूसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो। उक्त जासूस बेलुन शनिबार क्यारोलिना तटमा उत्तरी अमेरिकाको संवेदनशील सैन्य स्थ्लहरु पार गरेपछि खसालिएको एपीले जनाएको छ।
+३
१३५७२
२ बर्ष
cron