हालसालै जब भारतीय मूलका वकिल सुरेन्द्रन के पटेलले एक अमेरिकी अदालतमा जिल्ला न्यायाधीशको रूपमा पदको शपथ लिए, त्यतिबेला उनको प्रेरणादायी जीवन यात्रा भारतमा समाचारको शीर्षक बन्यो। बीबीसी हिन्दीका इमरान कुरेशीले भारतमा हातले बेरेर बिँडी बनाउने व्यक्ति अमेरिकामा न्यायाधीश बन्दासम्मको
कथा बताएका छन्। भारतको दक्षिणी राज्य केरलाका ५१ वर्षीय पटेल टेक्ससको फोर्ट बेन्ड काउन्टीको २४० औँ न्यायिक जिल्ला अदालतमा न्यायाधीश नियुक्त भएका छन्।