सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
मन्त्री विष्ट : एक कदम पछाडि, दुई कदम अगाडीReeshav Sarkar
Image करिब ४ महिनाअघि रोजगारीका लागि मलेसिया आउने नेपालीहरुमाथि विभिन्न कम्पनीले थपेको आर्थिक भार हटाउने उद्घोष गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई एकथरीले वाहवाही गरे भने अर्कोथरीले खिस्सीटिउरी । यी दुईथरी प्रतिक्रिया देखिनु अस्वभाविक थिएन किनकी मन्त्री विष्टलाई वाहवाही गर्नेमा बढीजसो बैदेशिक रोजगारीमा रहेका नेपालीहरु थिए भने खिस्सीटिउरी गर्नेमा राजनीतिक धमिराले भद्रगोल पारेको कर्मचारीतन्त्र नजिकबाट देखेकाहरु थिए। उनीहरु मन्त्री विष्ट पनि...पूरा अंश
जबाफ
१९०७ हेरिएको
६ बर्ष अघि
‘देउवाको बहुमतले कांग्रेस बिग्रियो, ओलीको दुई तिहाईले देश’reeshav
Image प्रजातान्त्रिक पार्टी भनिए पनि कांग्रेसमा आन्तरिक प्रजातन्त्र कमजोर रहेको केसी बताउँछन् । ‘नेपाली कांग्रेसलाई शेरबहादुरजीको बहुमतले बिगार्‍यो, देशचाहिँ केपी ओलीजीको दुई तिहाईले’, उनी भन्छन्, ‘यही हो आजको राजनीतिक यथार्थ ।’ नक्सालस्थित निवासमा अनलाइनखबरकर्मीसँग उनले भने, ‘वैचारिक हिसाबले राष्ट्रियताको कुरा गर्ने, तर राष्ट्रमाथि विपत्ति आउँदा बोल्न नसक्ने भएपछि नेपाली कांग्रेसलाई जनताले किन साथ दिने ?’
जबाफ
१३७० हेरिएको
६ बर्ष अघि
१८ करोडको गाडी : राष्ट्रपतिले सस्तो गाडी चढ्दा के बिग्रन्छ ?Ankit
Image सरकारले राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गर्दै छ। तर पूर्व प्रधानमन्त्री लगायतका अन्य विशिष्ट व्यक्तिका लागि खरिद गरिएका दर्जनौ गाडी भने साधारण मर्मत नपाएर त्यतिकै थन्केर बसेका छन्। ति गाडीहरु मध्ये कतार र दक्षिण कोरियाले दिएका कम्तीमा दस विलासी मोटर प्रयोग नगरी परराष्ट्र मन्त्रालय र राहादानी विभागमा बेवारिसे अवस्थामा छन्। नेपाल सरकारको आग्रहमा दुई वर्ष अघि कतार सरकारले ८ वटा मर्सिडिज बेन्ज इ क्लास कार र मर्सिडिज बेन्ज जिप उपहार दिएको थियो।
जबाफ
१३१७ हेरिएको
६ बर्ष अघि
बहस : काठमाडौंको सडक धुने कि धुलोको स्रोत थुन्ने ?reeshav
Image मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कतै नदेखिएको भनेर टिप्पणी गर्नेहरुलाई जवाफ दिने क्रममा भने, ‘काठमाडौंको सडक सफा गरिन्छ, पखालिन्छ, त्यहाँ देखिन्छ सरकार ।’ प्रधानमन्त्रीले यसो भनेको केही दिनअघि एउटा तस्वीर सामाजिक सञ्जालमा निकै प्रचार गरिएको थियो, जसमा काठमाडौं महानगरपालिकाले सडकको धुलो हटाउन ब्रमुर लगाइएको थियो भने सडक पेटीहरु पानीले पखालिएको थियो ।
जबाफ
१६१० हेरिएको
६ बर्ष अघि
तीर्थ सर ! त्रिवि सुध्रियो कि सकियो ?Sandesh
Image गत अक्टोबर महिनामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई बेलायत अवस्थित ‘द टाइम्स हाइअर एजुकेसन’ संस्थाले विश्वका उत्कृष्ट विश्वविद्यालयको ८ सयदेखि १ हजारको सूचीभित्र समेटेपछि त्रिवि नेतृत्वले ठूलै हर्षबढाइँ गर्दै विज्ञप्ति निकाल्यो। त्रिवि उपकुलपति तीर्थ खनियाँका अनुसार त्रिविले उक्त प्रतिस्पर्धामा ठूलो शुल्क तिरेर पहिलो पटक भाग लिएको थियो।
जबाफ
१५२० हेरिएको
६ बर्ष अघि
वंशज : बाबु मात्र वा आमा पनि ?reeshav
Image प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरुले नागरिकताका सम्बन्धमा वंशजको प्रष्ट परिभाषा गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरुले वंशज भनेको बाबु मात्र हो वा आमा पनि हो भन्ने विषयमा कानून बनाउन प्रष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।
जबाफ
१३६४ हेरिएको
६ बर्ष अघि
काठमाडौंको विषाक्त वायु: प्यान्क्रियाटिक क्यान्सरको कारण त बन्दै छैन ?reeshav
Image वायु प्रदूषणले के हुन्छ ? जावफ हो, दम हुन्छ । श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउँछ । फोक्सोको क्यान्सर गराउँछ । जवाफ यत्तिमै सकिँदैन ।वायु प्रदूषणले फोक्सोलाई मात्र क्षति पुर्‍याउँदैन, अरु अंगमा पनि क्यान्सर जस्तो भयावह रोग निम्त्याउँछ । विज्ञानले प्रमाणित गरेको तथ्यले भन्छ, ‘वायु प्रदूषणको कारण क्यान्सरको जोखिम कैयौं गुणा बढ्ने र अत्याधिक वायु प्रदूषणले फोक्सोबाहेक अन्य किसिमका क्यान्सरको कारण बन्न सक्छ ।’
जबाफ
१३५० हेरिएको
६ बर्ष अघि
के ओली सरकार सामाजिक सञ्जालको मैदानमा हार्दैछ?reeshav
Image मङ्गलवार जब सामाजिक सुरक्षा योजनाबारे घोषणा कार्यक्रमको प्रचारप्रसार गर्न सरकारले सार्वजनिक सञ्चार माध्यम तथा भित्ता रङ्गायो त्यति नै बेला सामाजिक सञ्जालका भित्तामा भने उल्टो दृश्य देखिए। भड्किलो प्रचार शैली तथा पुरानै कार्यक्रमको निरन्तरता भएको भनेर ट्वीटरमा त्यसको व्यापक आलोचना भयो। हरेक दिन सामाजिक सञ्जाल खासगरि ट्वीटरमा अचेल 'महाभारत' मच्चिरहेको देखिन्छ।
जबाफ
१३२६ हेरिएको
६ बर्ष अघि
बालुवाटारमा कागभन्दा कोइली चंख !reeshav
Image शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारबाट सचिवालय बैठक बहिस्कार गरेर हिँडेका नेकपाका चार शीर्षनेताहरुले आइतबार दिउँसो १ बजे स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेका थिए । तर, ओली पक्षको चतुर्‍याइँका कारण आज बस्ने भनिएको विद्रोही नेताहरुको स्थायी कमिटी बैठक बस्दै नबसी स्थगित भएको छ ।
जबाफ
१४०७ हेरिएको
६ बर्ष अघि
बीपी र केशरजंगसँग प्रेम र घृणाको सम्बन्धAyush
Image विक्रम सम्वत् २०१० सालमा केदार उपाध्यायबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका विष्णुबहादुर मानन्धर २९ वर्षसम्म नेकपा (संयुक्त) को महासचिव रहे । मानन्धरको राजनीतिक जीवन भने नेपाली कांग्रेसबाट शुरु भएको थियो । वनारस हिन्दु विश्वविद्यालयमा अध्ययन गर्दागर्दै कांग्रेस नेताहरूको संगतमा पुगेका उनी २००७ सालको क्रान्तिमा कांग्रेसका वफादार सिपाही भएर युद्ध मोर्चामा लागेका थिए । बीपी कोइरालासँग जोडिएको एउटा घटनापछि भने कांग्रेसप्रति आफ्नो मोहभंग भएको मानन्धर...पूरा अंश
जबाफ
१३८३ हेरिएको
६ बर्ष अघि
कर्मचारी समायोजन अध्यादेशमा उब्जिएका सात प्रश्नReeshav Sarkar
Image प्रदेश सरकार बनेको १० महिनापछि कर्मचारी समायोजन अध्यादेश जारी भएको छ तर, यसको कार्यान्वयन जटिल देखिएको छ । सरकारले समायोजनमा जाने कर्मचारीहरुको सेवा, सर्त र सुविधासम्बन्धी कानुन नबनाई समायोजन अध्यादेश जारी गरेकाले कार्यान्वयनमा जटिलता देखिएको हो । नेपाल सरकार अन्तर्गत रहने गरी जागिर खाएका कर्मचारीहरु प्रदेश र स्थानीय तहमा खुम्चिएर बस्नुपर्ने भएकाले यो अध्यादेश कर्मचारीमैत्री नभएको कतिपयको गुनासो छ ।
जबाफ
१३४४ हेरिएको
६ बर्ष अघि
माछा–मासु र मान्छेAnkit
Image माछामासु स्वास्थ्यका दृष्टिकोणले पोषिलो आहार हो। प्रोटिनको अथाह भण्डार हो। तर माछामासुको स्रोत, प्रकृति, गुणस्तर र मात्रा ठीक र उपयुक्त भएन भने यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। माछामासुकै कारण सयौँ प्रकारका रोगहरूको संक्रमण र आक्रमणको खतरा हुन सक्दछ। त्यसैले माछामासुबाट स्वादका साथै स्वास्थ्य लाभ प्राप्त गर्न कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु-याउनु आवश्यक छ।
जबाफ
१३५४ हेरिएको
६ बर्ष अघि
किन हेपिन्छ शिक्षा सेवा ?Ankit
Image निजामती सेवा ऐन, २०४९ ले नेपालको सार्वजनिक प्रशासनलाई विभिन्न १० सेवामा वर्गीकरण गरेको छ। यी सेवामध्ये नेपाल शिक्षा सेवा पनि एउटा हो। राष्ट्रिय शिक्षा आयोग, २०४९ ले दिएको सुुझावका आधारमा २०५० सालदेखि सबै जिल्लामा जिल्ला शिक्षा अधिकारीहरू, नासु स्तरका प्राविधिक सहायकहरू र विद्यालयको निरीक्षण अनुुगमन समेतको कामका लागि विद्यालय निरीक्षकलगायत मन्त्रालय, शिक्षा विभाग र अन्य केन्द्रीय निकायहरूमा शिक्षा सेवाका प्राविधिक तर्फका विभिन्न पदहरू सिर्जना गरी पदस्थापन...पूरा अंश
जबाफ
१४०३ हेरिएको
६ बर्ष अघि
प्रचण्डपथमा कांग्रेसAnkit
Image निर्दलीय पञ्चायत व्यवस्था ढलेपछि झन्डै १२ वर्ष नेपाली कांग्रेसले पटकपटक सत्ताको नेतृत्व लियो। त्यहीबीचमा माओवादीले विदेशीद्वारा लिखित, निर्देशित, संरक्षित र सञ्चालित रहस्यमय नाटक खेले। गोन्जालोको साइनिङपाथको नक्कल गर्दै सशस्त्र विद्रोहका राजनीति, कार्यनीति र मार्गचित्रलाई ‘प्रचण्डपथ’ भनियो। देहरादुन निकट चक्राटास्थित इन्डो–टिबेटन बोर्डर पुलिसको प्रशिक्षण केन्द्रमा भारतीय गुप्तचर संस्थाले माओवादीलाई तालिम दिएका समाचारहरू आए।
जबाफ
१३५९ हेरिएको
६ बर्ष अघि
Image
प्रकृतिसँग बालबालिका : सबै अभिभावकहरुले पढ्न आवश्यकRaja
मेरी साथीकी छोरी गाउँमा बस्ने आफन्तकहाँ गएकी थिइन् । फर्केपछि उनले ‘मामु, मैले चिउरा फल्ने रूख देखें नि !’ भनिछन् । यो प्रसंग मलाई सुनाउँदै गर्दा, साथी निकै मज्जाले हाँसेकी थिइन् । त्यस्तै, केही दिनअघि मेरी दिदीकी छोरी तराई घुम्न गएकी थिइन्, उनले मलाई भिडियो कल गर्दै ‘मैले भैंसीले स्विमिङ गरेको देखें नि !’ भनिन् । उनको कुरा सुन्नासाथ म पनि हाँसें  ..... यमुना पराजुली अधिकारीको यो लेख सबै अभिभावकहरुले पढ्न आवश्यक छ ।
+३
२२९२४
२ बर्ष
cron