बानेश्वर चोक । नजिकै छ, राज्य सञ्चालनका लागि आवश्यक नीति नियम बनाउने र त्यसउपर छलफल गर्ने प्रतिनिधिहरुको थलो संसद भवन । तर, त्यसैको छेउ सडकमा भने सामान्य नीति नियममा
‘नागरिक मजाक’ भेटिन्छ । चारपाङ्ग्रे, दुईपाङ्ग्रे गाडीहरु हुइँकिरहेका छन् । जेब्रा क्रसिङमा पैदल यात्रुले ट्राफिक बत्ती हेरेकै छ नि भन्नेमा ढुक्क छ चालक । तर, पैदल यात्रुलाई त्यत्रो फुर्सद कहाँ ? उनीहरु जहिल्यै हतारमा छन् ।