सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
कुराकानी
विस्तृतमा »
आइतबार दुर्घटनाग्रस्त विमानकी सह–पाइलटले १६ वर्षअघि विमान दुर्घटनामा पति गुमाएकी थिइन् ।dronacharya
Image नेपालमा यती एयरलाइन्सको उडान नम्बर ६९१ विमान पर्यटकीय नगरी पोखरा नजिकैको खाल्डोमा खस्दा ३० वर्षयताकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको थियो जसको सह–पाइलट गरिरहेकी थिन अञ्जु खतिवडा । उनले १६ वर्षअघि विमान दुर्घटनामा पति गुमाएकी थिइन् । अञ्जु पति दीपक पोखरेल पनि यती एयरलाइन्सको विमानमा को–पाइलटिङ गर्दै आएका थिए । दीपकको निधनले र आफ्नो सानो बच्चासँग एक्लैको दुःख उड्डयन क्षेत्रमा करियर बनाउन उनको प्रेरणाको शक्ति बन्यो। अञ्जुले पछि पुन विवाह गरिन् र दोस्रो बच्चा पनि छ अहिले । तिनी र तिनका पहिलो पति...पूरा अंश
+२
जबाफ
६१३१ हेरिएको
११ महिना अघि
सन् २०२३ मा एल-निनोले विश्वभर अपूर्व गर्मीको लहर ल्याउने चेतावनीRaja
Image सन् २०२३ मा एल-निनोले गर्दा विश्वभर अपूर्व रूपमा गर्मीको लहर आउने वैज्ञानिकहरुले चेतावनी दिएका छन्। एल-निनो र ला-निना प्रशान्त महासागरमा हुने वायु प्रबाहका दुई बिपरित तरिका हुन्। बितेका तीन वर्ष ला-निना वायु प्रबाह चलिरहेको थियो। अभिलेख राख्न थालेदेखिको सबैभन्दा गर्मी वर्ष सन् २०१६ पनि एल-निनोले नै गर्दा भएको थियो।
+४
जबाफ
१०७८५ हेरिएको
११ महिना अघि
७० तले घर जत्तिनै अग्ला विन्ड-टर्बाइनहरु बनाउने घोषणाSadhu
Image चाइनाको एक कम्पनीले ७० तले घर जत्तिनै अग्ला विन्ड-टर्बाइनहरु बनाउने घोषणा गरेको छ। सो टर्बाइनका पखेटाहरु १४० मिटर लामा हुनेछन्। बनिसकेपछि यस्त्ता एउटा टर्बाइनले एक वर्षमा २ करोड ८० लाख युनिट विद्युतीय उर्जा उत्पादन गर्नेछ जुन झण्डै एक लाखवटा घरहरुलाई पर्याप्त हुनेछ।
+३
जबाफ
१०५० हेरिएको
११ महिना अघि
चाइनाको जनसङ्ख्या सन् २०२२ मा ८ लाख ५० हजारले घटेको छSadhu
Image चाइनाको जनसङ्ख्या सन् २०२२ मा ८ लाख ५० हजारले घटेको राष्ट्रीय तथ्यांक विभागले जनाएको छ। चाइनाको जनसंख्यामा भएको यो गिराव सन् ११९६० को दशक पछाडी पहिलो पटक हो। गत वर्ष आफ्नो देशमा ९५ लाख ६० हजार नयाँ जन्म भएको र १ करोड ४ लाख १ हजार मृत्यु भएको चाइनाले जनाएको छ। आउँदा दिनहरुमा चाइनाको जनसंख्या ओरालो नै लागिरहने प्रक्षेपण गरिएको छ।
+२
जबाफ
६१५१ हेरिएको
११ महिना अघि
ब्ल्याक बक्सले कसरी विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छNepal
Image ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो जसमा फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्ड दुवै हुने भएकाले यो उपकरण विमान दुर्घटनाकाको अनुसन्धानमा निकै महत्त्वपूर्ण हुन्छ। ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ। विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ।
+४
जबाफ
१०६६६ हेरिएको
११ महिना अघि
विमान कहिले बूढो हुन्छ, पुरानो विमान दुर्घटनामा पर्ने सम्भावना कति ?Sadhu
Image नेपालका हवाई दुर्घटनाका अधिकांश घटनामा प्रतिकूल मौसम लगायतका अन्य विभिन्न पाटा औँल्याइएको पाइन्छ। तर सर्वसाधारण मानिसमा भने अत्यन्त पुराना विमान सञ्चालन भइरहेका कारण पनि नेपालमा बेलाबखत हवाई दुर्घटना भइरहने बुझाइ रहेको पाइन्छ।अवकाशप्राप्त पाइलट प्रचण्डजङ्ग शाह विमान कति वर्ष पुरानो हो वा कति वर्ष देखि प्रयोगमा छभन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मतसम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन्
+२
जबाफ
६१८२ हेरिएको
११ महिना अघि
मकर संक्रान्तीको दिन खाइने केहि परिकारहरु बनाउने बिधिहरुSadhu
आज मकर संक्रान्ती अर्थात सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन। आज देखि सूर्यले आफ्नो दक्षिणतिरको यात्रा सकेर उत्तरतिरको यात्रा सुरु गर्छन भनिन्छ। आजको दिन खाइने केहि परिकारहरु बनाउने बिधिहरु यु-ट्युबबाट छानेर राखेको छु।
.
.
पूरा अंश
+२
जबाफ
६२०७ हेरिएको
११ महिना अघि
ओजोन तहमा औद्योगिकरणले गर्दा भएको क्षति केही दशकमै हराउँदैParewa
Image सन् १९८७ मा अन्तर्राष्ट्रिय समुदायले ओजन तहलाई क्षति पुर्याउने रसायनहरुलाई पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय गरे। यसको फलस्वरूप ओजोन तहमा भएको ठूलो क्षति आउँदो केही दशकमै हराएर यो पहिलेकै स्वस्थ्य रुपमा फर्किन गईरहेको छ। ओजोन तह पृथ्वीलाई हानिकारक पराबैंगनी किरणबाट बचाउने कवचको रूपमा काम गर्दछ। सन् १९७० को दशक यता औद्योगीकरणले ओजन तहलाई ठूलो क्षति पुर्याइरहेको थियो। विभिन्न औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने क्लोरोफ्लोरोकार्बन ओजन तहलाई क्षति गर्ने एक प्रमुख कारक तत्व थियो।
+३
जबाफ
६९९ हेरिएको
११ महिना अघि
रेमिट्यान्स २३ प्रतिशत वृद्धि, वैदेशिक रोजगारीमा जाने युवाको संख्या दोब्बरdronacharya
Image नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो ५ महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भई ४ खर्ब ८० अर्ब ५० करोड पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मंसिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा अन्तिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको संख्या गत आर्थिक वर्षको यही अवधिको तुलनामा १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ५५ हजार १ सय ९६ पुगेको छ ।
+४
जबाफ
१३२६६ हेरिएको
११ महिना अघि
एमसीसी अमेरिकाको 'उच्च प्राथमिकतामा', प्रचण्ड नेतृत्वको सरकारले अब के गर्लाSadhu
Image मिलेनिअम च्यालेन्ज कर्पोरेशनअन्तर्गत नेपाललाई दिइएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको अनुदान परियोजना आफ्नो उच्च प्राथमिकतामा रहने धारणा नेपालस्थित अमेरिकी राजदूतले सार्वजनिक गरेपछि सरकारले एमसीसी अघि बढाउन आफू पनि प्रतिबद्ध रहेको बताएको छ
+२
जबाफ
३२८८ हेरिएको
११ महिना अघि
वातावरणबाट सफलतापूर्वक कार्बनडाइअक्साइडलाई छानेर जमिनमा ठोस पदार्थ बनाई गाभ्ने बिधिParewa
Image स्विजरल्यान्डको "क्लाइम वर्कस" नामक एक कम्पनी ले वातावरणबाट सफलतापूर्वक कार्बनडाइअक्साइडलाई छानेर जमिनमा ठोस पदार्थ बनाई गाभ्न सफल भएको बताएको छ। सो कार्बनडाइअक्साइड कालान्तरमा गएर ढुङ्गा बन्ने भनिएको छ। कुनै पनि कम्पनीले व्यवसायिकरुपमा वातावरणको कार्बनडाइअक्साइडलाई सदाकालागि जमिनमा ठोस बनाएर गाभ्न सफल भएको यो पहिलो पटक हो। कार्बनडाइअक्साइड ग्लोबल वार्मिंग गराउने एक प्रमुख कारक तत्व भएकोले यसलाई वातावरणबाट स्थाईरुपमा हटाउन सक्ने कुनै पनि विधि धेरै महत्वपूर्ण छ।
+१
जबाफ
६८७ हेरिएको
११ महिना अघि
फ्रान्सले टिकटकलाई तिरायो ५४ लाख युरो जरिवानाdronacharya
Image अनलाइन ट्रयाकिङका लागि प्रयोग गरिने कुकिजसम्बन्धी नियमलाई लिएर फ्रान्सको डेटा प्रोटेक्सन नियामक सीएनआईएलले टिकटकलाई ५४ लाख युरो जरिवाना तिराएको छ । टिकटक डटकमका प्रयोगकर्तालाई अनलाइन ट्रयाकर (कुकिज) अस्विकार गर्ने विकल्प नदिइएको भन्दै सीएनआईएलले कारबाही गरिएको जनाएको छ । युरोपेली संघको नीतिअनुसार वेबसाइटहरूले कुकिजको विषयमा अनिवार्य पूर्वजानकारी दिनुका साथै यस विषयमा प्रयोगकर्ताको मन्जुरी लिनुपर्छ ।
+२
जबाफ
१०६९ हेरिएको
११ महिना अघि
थ्री-डि प्रिन्ट गरेर दुई तल्ले घरको निर्माणParewa
Image अमेरिकाको ह्युस्टन शहरमा थ्री-डि प्रिन्ट गरेर संसार मै पहिलो पल्ट ४००० वर्ग फिटको दुई तल्ले घरको निर्माण गरिएको छ। १२ टनको विशाल प्रिन्टरलाई सो घर प्रिन्ट गर्न जम्मा ३३० घण्टा लाग्ने अनुमान गरिएको छ।
+२
जबाफ
६९३ हेरिएको
११ महिना अघि
अमेरिकामा क्यान्सर भएर ज्यान गुमाउनेको संख्या सन् १९९१ यता ३३ प्रतिशतले घटेको छParewa
Image अमेरिकामा क्यान्सर भएर ज्यान गुमाउनेको संख्या सन् १९९१ यता ३३ प्रतिशतले घटेको छ । यो उपलब्धिको मुख्य कारणहरुमा उपचार गर्ने विधिमा भएको विकास, रोगलाई चाँडै चिन्न सकिने प्रविधिमा भएको विकास र धुम्रपानमा आएको कमी भनिएको छ।
+२
जबाफ
६८५ हेरिएको
११ महिना अघि
सन् २०२३ का लागि विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरुParewa
Image लन्डनको हेन्ली एण्ड पार्ट्नर्स नामक कम्पनीले निकालेको प्रतिवेदनअनुसार जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली छ। जापानको पासपोर्ट भएको मानिसले संसारका १९३ देशहरुमा बिना भिसा प्रवेश गर्न सक्छन्। जापान पछि लगत्तै सिंगापुर र साउथ कोरिया छन् जसका नागरिकहरू १९२ वटा देशमा भिसाबिना प्रवेश गर्न सक्छन्। नेपाललाई भने १०३औं स्थानमा राखिएको छ। नेपालको पासपोर्ट लिएर संसारका ३८ वटा देशहरुमा बिना भिसा प्रवेश गर्न सकिन्छ।
+२
जबाफ
३२३१ हेरिएको
११ महिना अघि
कुराकानी
विस्तृतमा »
विस्तृतमा »
blood_sugar_measurement.jpg
शरीरमा सुई नघोपी रगतमा भएको चिनीको मात्रा मापन गर्न सक्ने प्रविधि नजिकParewa
प्राविधिक कम्पनी एप्पलले शरीरमा सुई नघोपी रगतमा भएको चिनिको मात्रा पत्ता लगाउन सक्ने प्रविधि आफ्नो हाते घडी "एप्पल-वाच"मा राख्न सफल हुन लागेको छ। यो प्रविधिले लेजर किरणको मद्दतले छाला मुनिको रगतमा भएको चिनीको एकाग्रता मापन गर्न सक्छ। यो प्रविधिको प्रयोग गरेर मधुमेह भएका बिरामीहरुले आफ्नो रगतमा भएको चिनीको मात्रा हरेक पल निरन्तर रुपमा थाहा पाउन सक्ने छन् जस्ले उनीहरुलाई मधुमेह नियन्त्रणमा राख्न मद्दत गर्नेछ। यो प्रविधिले मधुमेहको जोखिम भएका मानिसहरूलाई...पूरा अंश
+३
२०९२६
९ महिना
कुराकानी
विस्तृतमा »
cron