महिला ओलम्पिक फुटबलको एसियाली छनोटमा सहभागी हुन
महिला टोली आज चीनबाट म्यानमार जाँदैछ । चीनमा ३ वटा मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली सोझै म्यानमार जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेलमा नेपाली टोलीले २ मा जित र १ मा हार व्यहोरेको थियो । मैत्रीपूर्ण खेलका लागि चीन गएका २२ सदस्यीय टोलीबाट ५ जना खेलाडी स्वदेश फर्कने छन् भने १९ वर्ष मुनिका ३ जना खेलाडी अञ्जना मगर, सरु लिम्बु, मञ्जली कुमारी योञ्जन म्यानमार पुग्ने एन्फाले जनाएको छ ।