भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू बन्द भएपछि
सञ्चालन खर्च पनि उठाउन गाह्रो भएको अधिकारीहरूले स्वीकारेका छन्। जजिरा एअरवेजले कुवेतका लागि र हिमालय एअरलाइन्सले सिङ्गापुरका लागि उडान गर्दै आएकोमा ती दुवैले डिसेम्बर तेस्रो सातादेखि उडान स्थगित गरेका हुन्। शुरूशुरूमा विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरूले चासो देखाए पनि अहिले त्यस्तो अवस्था नरहेको उनले स्वीकारे।