सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
७० तले घर जत्तिनै अग्ला विन्ड-टर्बाइनहरु बनाउने घोषणाSadhu
Image चाइनाको एक कम्पनीले ७० तले घर जत्तिनै अग्ला विन्ड-टर्बाइनहरु बनाउने घोषणा गरेको छ। सो टर्बाइनका पखेटाहरु १४० मिटर लामा हुनेछन्। बनिसकेपछि यस्त्ता एउटा टर्बाइनले एक वर्षमा २ करोड ८० लाख युनिट विद्युतीय उर्जा उत्पादन गर्नेछ जुन झण्डै एक लाखवटा घरहरुलाई पर्याप्त हुनेछ।
+३
जबाफ
१८०२ हेरिएको
२ बर्ष अघि
सन् २०२३ मा एल-निनोले विश्वभर अपूर्व गर्मीको लहर ल्याउने चेतावनीRaja
Image सन् २०२३ मा एल-निनोले गर्दा विश्वभर अपूर्व रूपमा गर्मीको लहर आउने वैज्ञानिकहरुले चेतावनी दिएका छन्। एल-निनो र ला-निना प्रशान्त महासागरमा हुने वायु प्रबाहका दुई बिपरित तरिका हुन्। बितेका तीन वर्ष ला-निना वायु प्रबाह चलिरहेको थियो। अभिलेख राख्न थालेदेखिको सबैभन्दा गर्मी वर्ष सन् २०१६ पनि एल-निनोले नै गर्दा भएको थियो।
+४
जबाफ
१६९५३ हेरिएको
२ बर्ष अघि
अमेरिकाका नदी तथा तालहरूमा भएका माछामा अत्याधिक मात्रामा विषाक्त पदार्थParewa
Image अमेरिकाका नदी तथा तालहरूमा भएका माछामा अत्याधिक मात्रामा विषाक्त पदार्थ भएको भर्खरैको अनुसन्धानबाट थाहा भएको छ । नदी तथा तालबाट पक्रिएको एउटा मात्र माछा खाँदा पनि एक महिनासम्म प्रदूषित पानी खाए बराबरको विषाक्त पदार्थ खाइने उक्त अनुसन्धानले देखाएको छ। पी-एफ-ए-एस (PFAS) भनेर चिनिने उक्त विषाक्त रसायन सन् १९४० को दशकमा विकसित गरिएको थियो। नटाँसिने भाडाकुडा, लुगा तथा प्याकेजिङमा प्रयोग गरिने सो रसायन एकचोटी वातावरणमा पुगेपछि आफै नष्ट भएर कहिल्यै पनि हराएर जाँदैन।
+६
जबाफ
२८४७४ हेरिएको
२ बर्ष अघि
संकटमा हाम्रो कृषि जैविक विविधता र बालीका रैथाने जातहरूRaja
Image रामकृष्ण श्रेष्ठ लेख्नु हुन्छ : जैविक विविधताको दृष्टिले नेपाल धनी मुलुकको सूचीमा पर्छ। क्षेत्रफलमा सानो भए पनि नेपालमा विश्वका ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत प्राणीजन्य विविधता उपलब्ध छ। तथापि अन्यत्र जस्तै नेपालमा पनि कृषि जैविक विविधता ह्रास हुने क्रम तीव्रतर बन्दै गएको छ। नेपालमा समग्र कृषि जैविक विविधता ५० प्रतिशत र बालीका रैथाने जातहरू ४० प्रतिशत मासिइसकेको छ।
+१
जबाफ
१९८६ हेरिएको
२ बर्ष अघि
कृतिम बुद्धि भएको यन्त्र जसले सामान ओसार-पसार पनि गर्न सक्छParewa
बोस्टन डाइनामिक्स कम्पनीले मानव जस्तै देखिने कृतिम बुद्धि भएको यन्त्रको नयाँ युट्युब भिडियो प्रदर्शनी गरेको छ। एट्लस नाम भएको सो यन्त्रले सामानहरु पक्रिन सक्ने, बोक्न सक्ने र त्यसलाई जटिल सतहमा पनि एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन सक्ने क्षमता भएको देखाइएको छ। सो यन्त्र कुद्न र उफ्रिन पहिलादेखि नै सक्षम थियो।
+४
जबाफ
१६७०४ हेरिएको
२ बर्ष अघि
पृथ्वीको भित्री भागले सतहको भन्दा विपरित दिशामा घुम्न सुरुParewa
earth_core.png पृथ्वीको भित्री भाग (कोर), जुन बाहिरी सतह भन्दा ५००० किलो मिटर भित्र रहेको यम ग्रह (क्षुद्र ) जत्रो आकारको फलामे डल्लो हो, पृथ्वीको बाहिरी सतह घुम्ने दिशामा घुम्न बन्द गरेर त्यसको विपरित दिशामा घुम्न सुरु गरिसकेको हुन सक्ने वैज्ञानिकहरुले बताएका छन्। सो भित्री भाग सन् २००९मा स्थिर अवस्थामा आई त्यसपश्चात बाहिर सतहभन्दा उल्टो दिशामा घुम्न सुरु गरेको उनीहरुको भनाइ छ। प्रत्येक ३५ वर्षमा यसले आफ्नो घुम्ने दिशा परिवर्तन गर्ने पनि वैज्ञानिकहरुले बताएका छन्।
+३
जबाफ
२३५१ हेरिएको
२ बर्ष अघि
भर्खरै पत्ता लागेको क्षुद्रग्रह पृथ्वीको अहिलेसम्म कै सबै भन्दा धेरै नजिकबाट हुइँकियोParewa
asteroid.jpg केही दिनअघि मात्रै पत्ता लागेको एउटा ट्रक जत्रो क्षुद्रग्रह (एस्टेरोइड) पृथ्वीको अहिलेसम्म कै सबै भन्दा धेरै नजिकबाट हुइँकियो। नेपाली समय शुक्रबार बिहान ६ बजेर १२ मिनट जाँदा सो पिण्ड दक्षिण-अमेरिका माथिबाट पृथ्वीबाट मात्र ३५४० किलो-मिटर पर बाट हुइँकियो। यो दूरी मानव निर्मित भू-उपग्रहहरु हुने दूरी भन्दा पनि नजिकै हो।
+१
जबाफ
१६९५७ हेरिएको
२ बर्ष अघि
गाईवस्तु डकार्दा उत्सर्जन हुने मिथेन ग्यासलाई कम गर्ने बिल गेट्सको योजनाSadhu
Image अर्बपति बिल गेट्सले गाईवस्तु डकार्दा उत्सर्जन हुने मिथेन ग्यासलाई कम गर्ने योजना बनाएको जलवायुसँग सम्बन्धित एउटा अस्ट्रेलियाली प्रविधि स्टार्ट-अप कम्पनीमा लगानी गरेका छन्। मिथेन कार्बनडाइअक्साइडपछि सबैभन्दा धेरै उत्सर्जन हुने हरितगृह ग्यास हो। गाई, बाख्रा र हरिण जस्ता जनावरको पेटले घाँसजस्ता कडा कुराहरू पचाउनका लागि मिथेन ग्यास उत्पादन गर्छ। उनीहरूको पेटमा उत्पादन भएको त्यस्तो ग्यास डकारका माध्यमबाट बाहिर आउँछ। विश्वविद्यालयहरूमा गरिएका अध्ययनहरूले...पूरा अंश
+१
जबाफ
१६९४३ हेरिएको
२ बर्ष अघि
मस्तिष्कलाई कम्प्युटरसंग तारले जोडी ६२ सब्द प्रति मिनट टाइप गर्न सफलSadhu
bmi_typing.png स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले ए-एल-एस नामक स्नायुको रोग लागेर ८ वर्ष अघि प्रस्ट बोल्ने क्षमता गुमाएकी एक महिलाको मस्तिष्कलाई कम्प्युटरसंग तारले जोडी ६२ सब्द प्रति मिनट टाइप गर्न सक्ने बनाएका छन्। शल्यक्रिया गरेर उनको मस्तिष्कको मोटर कोर्टेक्सलाई मसिना तारहरुको माध्यमले कम्प्युटरसँग जोडिएको थियो। एक सामान्य व्यक्तिले कुरा गर्दा औसतमा १६० सब्द प्रति मिनट बोल्छन्।
+४
जबाफ
१६९३९ हेरिएको
२ बर्ष अघि
गुगलले आफूले बनाएको शक्तिशाली कृत्रिम बुद्धिमत्ता बएको यन्त्र सार्बजनिक गर्नेParewa
Image कृत्रिम बुद्धिमत्ता ( आर्टिफिसियल इन्टेलीजेन्स ) भएको शक्तिशाली यन्त्र च्याट-जीपीटीको चारै तिर प्रसंसा भईरहेको र माइक्रोसफ्टले यसलाई आफ्ना उत्पादनहरुमा प्रयोग गर्न लागेको अवस्थामा गुगलले प्रतिस्पर्धा गर्न युद्धस्थरमा आफ्नै कृत्रिम बुद्धिमत्ता भएको यन्त्र बनाउन लागिपरेको थियो। त्यसको फलस्वरुप गुगलले अर्को हप्ता आफूले बनाएको शक्तिशाली कृत्रिम बुद्धिमत्ता बएको यन्त्र सार्बजनिक गर्ने भएको छ
+२
जबाफ
२८५४७ हेरिएको
२ बर्ष अघि
आफूले बनाएको "च्याट-बोट"ले गलत जवाफ दिंदा गुगललाई १ खर्ब डलर नोक्सानParewa
chat_bot.jpg माइक्रोसफ्टको "च्याट-जीपीटी"संग प्रतिष्पर्धागर्न गुगलले युद्धस्थरमा आफ्नै कृत्रिम बुद्धिमत्ता भएको च्याट-बोट बनाउन लागिपरेको थियो र त्यसको फलस्वरुप बनेको शक्तिशाली च्याट-बोट "बार्ड"लाई बिज्ञापनको मार्फत सार्बजनिक गरेको थियो। तर सो बिज्ञापनमा "बार्ड"ले सोधिएको प्रश्नको गलत जवाफ दिएको भेटिएपछि गुगललाई १ खर्ब अमेरिकी डलर नोक्सान भएको छ। "जेम्स वेब स्पेस टेलिस्कोप" ले प्रथम पटक हाम्रो सौर्य प्रणाली भन्दा बाहिरको ग्रहको तस्विर लिएको भनेर "बार्ड"ले गलत जवाफ दिएको थियो।
+३
जबाफ
३५१७० हेरिएको
२ बर्ष अघि
वेव एप्लिकेसनमा हुने साइबर आक्रमण पत्ता लगाउने डिप लर्निङ्मा आधारित फाएरवाल प्रणालीbaburd
App_Cybersecurity.jpg इ. अ. सं. पुल्चोक क्याम्पसका अनुसन्धानकर्ताहरु रहेको समूहले “वेव एप्लिकेसनमा हुने साइबर आक्रमण पत्ता लगाउने डिप लर्निङ्मा आधारित फाएरवाल प्रणाली“ शिर्षकको सोधपत्र प्रथम स्तरको जर्नल एमडिपिआईको सेन्सर ( इम्प्याक्ट फ्याक्टर ३.८ ) मा प्रकाश गरेका छन् । उक्त सोधपत्रको मुख्य उद्देश्य वेव सर्भरको एप्लिकेसनहरुमा हुने बिभिन्न खाले आक्रमणहरु जस्तै क्रससाइट स्कृप्टिङ, एसक्युएल इन्जेक्सन र डिडस जस्ता खराव इन्टरनेट ट्राफिकहरु वेव सर्भरमा आउनु अगावै...पूरा अंश
+४
जबाफ
३६०५७ हेरिएको
२ बर्ष अघि
शरीरमा सुई नघोपी रगतमा भएको चिनीको मात्रा मापन गर्न सक्ने प्रविधि नजिकParewa
blood_sugar_measurement.jpg प्राविधिक कम्पनी एप्पलले शरीरमा सुई नघोपी रगतमा भएको चिनिको मात्रा पत्ता लगाउन सक्ने प्रविधि आफ्नो हाते घडी "एप्पल-वाच"मा राख्न सफल हुन लागेको छ। यो प्रविधिले लेजर किरणको मद्दतले छाला मुनिको रगतमा भएको चिनीको एकाग्रता मापन गर्न सक्छ। यो प्रविधिको प्रयोग गरेर मधुमेह भएका बिरामीहरुले आफ्नो रगतमा भएको चिनीको मात्रा हरेक पल निरन्तर रुपमा थाहा पाउन सक्ने छन् जस्ले उनीहरुलाई मधुमेह नियन्त्रणमा राख्न मद्दत गर्नेछ। यो प्रविधिले मधुमेहको जोखिम भएका मानिसहरूलाई...पूरा अंश
+२
जबाफ
३६०१५ हेरिएको
२ बर्ष अघि
मृत्युको घडीमा मस्तिष्कको सचेत अवस्थाको जस्तै गतिविधिParewa
dying_brain.jpg मृत्यु नजिकको अनुभव गरेर फर्किएका मानिसहरुमा कसै-कसैले सुरुङको अन्त्यमा उज्यालो बत्ती देखेको सम्झन्छन् त कसै-कसैले आफ्ना प्रियजनहरूको उपस्थिति महसुस गरेको सुनाउछन। हालसालैको अनुसन्धानमा कोमामा रहेका मानिसहरुको मस्तिष्कले उनीहरुको मृत्युको घडीमा सचेत अवस्थाको जस्तै गतिविधि देखाएको छ। कोमाबाट नफर्किने निश्चित भएपछि भेन्टिलेटरबाट निकालिएका बिरामीहरुको मृत्युको क्रममा उनीहरुको मस्तिष्कको गतिबिधि इइजि (EEG) मार्फत अध्ययन गरिएको थियो। मृत्यु हुन लाग्दा मस्तिष्कले...पूरा अंश
-३
जबाफ
३५५८९ हेरिएको
१ बर्ष अघि
नयाँ दाँत उमार्ने औषधिको परीक्षण सुरु हुने भएको छRaja
human_teeth.jpg नयाँ दाँत उमार्ने औषधिको पहिलो पटक मानवमा परीक्षण सुरु हुने भएको छ । सन् २०१८ मा सो औषधिको प्रयोग गरेर मुसामा नयाँ दाँत उमार्न वैज्ञानिकहरू सफल भएका थिए । यसलाई सन् २०३० सम्ममा बजारमा ल्याउने लक्ष्य छ।
+४
जबाफ
३५५६१ हेरिएको
१२ महिना अघि
विस्तृतमा »
blood_sugar_measurement.jpg
शरीरमा सुई नघोपी रगतमा भएको चिनीको मात्रा मापन गर्न सक्ने प्रविधि नजिकParewa
प्राविधिक कम्पनी एप्पलले शरीरमा सुई नघोपी रगतमा भएको चिनिको मात्रा पत्ता लगाउन सक्ने प्रविधि आफ्नो हाते घडी "एप्पल-वाच"मा राख्न सफल हुन लागेको छ। यो प्रविधिले लेजर किरणको मद्दतले छाला मुनिको रगतमा भएको चिनीको एकाग्रता मापन गर्न सक्छ। यो प्रविधिको प्रयोग गरेर मधुमेह भएका बिरामीहरुले आफ्नो रगतमा भएको चिनीको मात्रा हरेक पल निरन्तर रुपमा थाहा पाउन सक्ने छन् जस्ले उनीहरुलाई मधुमेह नियन्त्रणमा राख्न मद्दत गर्नेछ। यो प्रविधिले मधुमेहको जोखिम भएका मानिसहरूलाई...पूरा अंश
+३
३६०१५
२ बर्ष
cron